काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको जनप्रदर्शनमा प्रहरीसँग मुठभेड नगर्ने रणनीति लिएको छ ।
निषेधित क्षेत्र तोड्ने योजना भए पनि त्यो शान्तिपूर्ण हुने नेताहरूले बताएका छन् ।
राप्रपाले यहिले केही बेरमा बिजुली बजार क्षेत्रमा प्रर्दहन गर्ने तयारी गरेको छ । सीमित संख्यामा नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेशको प्रयास गर्ने तर प्रहरीले रोकेको खण्डमा धेरै घम्साघम्सी नगर्ने बताइएको छ । प्रहरीले धरपकड गर्न खोजे सामूहिक गिरफ्तारी दिने नेताहरुले बताएकाछन् ।
निषेधित क्षेत्रमा ठुलो जुलुस नलैजाने अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत यसको जानकारी गराए । आजको जनप्रदर्शन निरंकुशताविरूद्धको प्रतिकात्मक मात्रै हुने भन्दै सत्ताधारीहरूलाई नडराउन आग्रह गर्नुभएको थिायो ।
यता, देशमा अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृहमन्त्रालयले चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने गृहका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
विभिन्न आन्दोलन एवं प्रदर्शनलाई मध्यनज गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया