अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले चेतावनी दिएको छ ।
यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने गृहका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले आज काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । त्यसक्रममा निषेधित क्षेत्र तोड्नेसम्बन्धी अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
आज (राप्रपा) ले सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको लिएर निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया