Breaking

सरकारको धमिलो पानीमा माछा मार्ने दुःशाहस असफल : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गरे ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको बिरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका बिरुद्ध चुनौति दिनुपर्ने बताए । आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गरे ।

अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका बिरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताए ।त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।