राजनीति

गभर्नरमा फेरि लफडा, प्रचण्ड फकाउने ओली बाध्यता


कटु आलोचनामा उत्रिरहेका एमाले र माओवादी कुन हदसम्म जान्छन् ? प्रश्न छ । कांग्रेसले पेल्न थालेपछि कतै उनीहरु एक ठाँउमा उभिने त होइनन् भन्ने आशंकाबीच भिडन्त बढेकै बेला माओवादी एमाले मिलेका उदाहरणसमेत छ । यसै सन्दर्भमाचितवनमा देखिएको दृश्यले एमाले नभई सत्ताका लागि कांग्रेस तर्सिने दिन त आएको होइन भन्ने प्रश्न उब्जिएको छ । एक रिपोर्ट…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिलेन बनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड पुत्री रेणु दाहालले स्वागत गरिन् । भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र मेयर दाहालबीच सौहार्दता झल्किएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगेकी उनलाई ओलीले पनि ‘छोरी सन्चै छ’ भन्दै सोध्न भ्याए।

जबकि यो सडकको निर्माण पूरा भएर उद्घाटनसम्म आइपुग्दा यसको जस लिन एमाले र माओवादीबीच होड चलिरहेको छ । जहाँ ओलीले उद्घाटन गर्ने भएकाले रेणुले बहिष्कार नै गर्ने चर्चा चल्दा २०७७ सालमा यो सडकको शिलान्यास पनि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले नै गरेका थिए । तर, शिलान्यास कार्यक्रममा रेनु उपस्थित भइनन् भने शिलान्यासमा नआएकोप्रति ओलीले मञ्चबाटै कटाक्ष गरेका थिए ।अहिले त यसैपनि माओवादी एमाले एकअर्काका शत्रु जस्तै देखिँदामेयर रेणु कार्यक्रममा नजाने आकलन हुनु स्वभाविक थियो । यही कार्यक्रमको सन्र्दभमासमेत एमाले पनि जतिसक्दो ओलीको स्वागतलाई भव्य बनाएर प्रचण्डको पूर्वनिर्वाचन क्षेत्रमै देखाइदिने गरी प्रस्तुत भएको थियो ।

तर यो भन्दा फरक दृश्य देखिएपछि यसको सन्देशबारे चर्चा शुरु भएको छ । हुनपनि सरकारको आयुबारे नै प्रश्न उठ्दा कांग्रेस निर्णायक बनेको सन्दर्भमा कम्युनिष्ट मिलनको चर्चासमेत सहतमा छ । अहिले बार्गेनिङ गर्ने र साइजमा ल्याउने रणनीति लिएपछि एमाले कांग्रेसको पेलानमा छ ।

जसमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको साथ र हौसला मुख्य कारण रहँदा माओवादी नै फकाउनु एमालेका लागि समेत हितकर छ । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले सत्तामा नजाने भन्दै सत्तारुढ दलहरुलाई उकासिरहेका छन् । जहाँ कांग्रेससँग त नेतृत्वको प्रस्ताव नै गर्दा उनलाई बेवास्ता गर्ने अवस्थामा एमालेसमेत छैन ।

यही कारण झस्किएका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगै कुराकानी गरिसकेका छन् भने देउवाले आफ्ना मन्त्री र पदाधिकारी दपेट्ने काम गरेका छन् । त्यस्तै प्रचण्डविरुद्ध प्रहार गर्न आफ्ना नेता अघि सारेका ओलीले टिआरसीमा कसैलाई पनि छुट नहुने भन्दै घुमाउरो पारामा धम्की नै दिइरहेका छन् । तर यसले न त सरकारको आयुको ग्यारेन्टी हुने अवस्था छ न त पार्टीभित्रनैओलीको एकछत्र चलिरहेको छ ।

बरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुखै खोलेर एमालेको नेतृत्वमा आउने प्रष्ट पार्दा आफैँले कारबाही गरेकी नेतृका अघि झुक्नुपर्ने अवस्थासमेत बनिरहेको छ । भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट छिन् ।

एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति छ। ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। अर्कातर्फ सत्तामा समेत गभर्नर कांग्रेसलाई दिनुपर्ने बाध्यता बन्दा राजावादीदेखि शिक्षक आन्दोलनसम्मका विषयले ओली घेराउमा छन् । जसलाई प्रचण्डले समेत फाइदाका लागि प्रयोग गरिरहेको उनको बुझाई रहँदा माओवादीसँगको निकटता कांग्रेस तह लगाउनेदेखि विपक्षीलाईसँगै लिएर हिँडेको सन्देश दिनेसम्मका काममा प्रयोग गर्न सकिने ठाँउसमेत छ ।

हुन त एमाले नेताहरुले कांग्रेस महामन्त्रीलाई समेत धम्काइरहेका छन् । जहाँ देउवालाईमात्रै फकाएर सत्ता जोगाउने अवस्था यो पल्ट अलि कमजोर देखिँदाकथम समीकरण परिवर्तन भए किङमेकर प्रचण्ड नै हुन् । जतिबेला एमाले कांग्रेसमाथि प्रश्न उठ्नेमात्र होइन नयाँ सरकार दिएर निकासमा पुर्याएको जस समेत प्रचण्डलाई जाने छ । फलत ः दही च्यूरा खाएर शुरु भएको गठबन्धनमा फुलगुच्छा लिएर एमालेले दवाव कायम राख्नु स्वभाविक छ । अर्थात देउवा ओलीको मतभेद हटेर मन मिलेपनि महामन्त्री मिलाउन नसकेको बाध्यता प्रधानमन्त्रीमाथि छँदै छ । यसले गगन विश्वलाई नै सडकमा अवरोध हटाउने जिम्मा दिएर बंैकक हानिन लागेका देउवा पाँच दिनपछि फर्केर आउँदा माहोल नै अर्को नहोला भन्न सकिन्न ।।