राजनीति

रविबिना रास्वापामा भाँडभैलो, कारागारबाट पठाए अर्को सन्देश, घण्टीघरमा जे देखियो, सडकमा आन्दोलनको आँधी (भिडियो)


काठमाडौं—काग कराउदै गर्छ पीना सुक्दै गर्छ भने झै सडकमा जनता कराउदैे गर्छन । सरकार सुनेको नसुनेको गर्छ । शिक्षक देखि, चिकित्सक सम्म, सहकारी पीडित देखि भूमि पीडित सम्म, सवै सडकमा आएका छन् । तर सरकार भने कानमा तेल आँखामा पत्ति बाढेर बसेको देखिन्छ ।

पछिल्ला केही दिन यता संघीय राजधानी काठमाडौं आन्दोलन र सरकार विरोधी कार्यक्रमको कुम्भ मेला लागेको जस्तो देखिन्छ । जस्का कारण काठमाडौंका मुख्य सडकहरु अस्तव्यस्त बनेका छन् । आफ्ना गुनासो र मागसहित सडकमा उत्रिएकाहरुको समस्या समाधानमा सरकारले आवश्यक पहल नथाल्दा राज्य आफ्नो अभिभावकीय जिम्मेवारीबाट पन्छिएको आरोप कतिपयले लगाउने गरेका छन् ।

व्यवस्था बदलिएपनि अवस्था नबद्लिएको भन्दै आन्दोलनमा उत्रिएका पूर्वराजा समर्थकहरु हुन् वा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा होस् । राजनीतिक दलहरु हुन् वा सर्वसाधारण । संघीयता विरोधीहरु हुन् वा संघीयताका पक्षधर । शिक्षक हुन् वा विद्यार्थी । चिकित्सकहरु हुन् वा पत्रकारहरु । सहकारी पीडित हुन् वा भूमीपीडित । यतिबेला, सबै सडकमा छन् ।