काठमाडौं—अफ्रिकी मुलुक सुडान गृहयुद्धमा होमिएको तीन वर्ष पूरा भएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीच छेडिएको द्वन्द्व अझै रोकिएको छैन । राजधानी खार्तूमसहित दारफुर लगायत देशका अन्य प्रमुख सहरहरूमा दुई समूहबीच भिडन्त जारी छ ।
देशको शासन प्रणालीमा कसको वर्चस्व वा प्रभाव रहने भन्ने विवाद र अर्को अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सलाई नियमित सेनामा मिलाउने योजनामा भएको असहमतिले सुडान युद्धग्रस्त बनेको हो । यो अवधिमा झन्डै डेढ लाख मानिसको मृत्यु भइसकेको तथ्याङक छ ।
१ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । गृहयुद्धका कारण सुडान गहिरो मानवीय, राजनीतिक र आर्थिक विपत्तिले ग्रस्त छ । विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटको रुपमा सुडान रहेको व्याख्या गरिएको छ । दैनिक रुपमा अकालमा मानिसको मृत्यु हुने त छँदै छ बाँचेकाहरु विस्थापित हुने क्रम बढ्दो छ । यसका साथै सुडानका नागरिक अनेक रोग र भोकमरीको चपेटामा छन् । सुडानको कृषि क्षेत्र
प्रतिक्रिया