काठमाडौं—शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, एआईजीमा बढुवा र सरकारको कामलाई लिएर तीतो पोखिरहेको नेपाली कांग्रेस सहयात्रीसँग सम्बन्ध सुधारमा लागेको छ । यसअघि दरारपूर्ण अवस्थाले सरकारको आयुमै प्रश्न उठेपछि त्यसको समाधान संयन्त्रबाटै खोज्ने बाटो प्रधानमन्त्री केपी शर्मा ओलीले अंगालेका थिए ।
त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर भागबन्डा मिलाएका ओलीले संयन्त्रको बैठक बसाउन सफल भए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले कांग्रेस र एमालेबीच खटपट नरहेको निष्कर्ष बाहिर ल्यायो ।
यद्यपि सरकारको खरो विरोध गर्दै आएका कांग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएपछि यो बैठक नै औपचारिकतामा सीमिति भएको थियो । जहाँ बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले भने सरकारले काम गरेको विषय आलोचनाबाट नभई तत्थ्याङ्कबाट हेर्नुपर्ने भन्दै सरकारमाथि प्रश्न गर्नेहरुलाई उत्तर दिएका थिए ।
प्रतिक्रिया