काठमाडौं—गत चैत २२ गते प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको भ्रमण सकेर स्वदेश फर्किंदै गर्दा यता राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको बिदाई भइसकेको थियो । चैत २४ गते कार्यकाल सकिने भए पनि उनी २२ गते नै बिदा भए ।
कानुन त बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर सिफारिस गरिसक्नुपर्ने व्यवस्था बमोजिम दवावमा रहेका प्रधानमन्त्री ओली स्वदेश फर्किंनासाथ नयाँ गर्भनर नियुक्ति भइहाल्ने अपेक्षा थियो । तर दुई तिहाइ बहुमत प्राप्त सरकारले राष्ट्र बैंकको इतिहासमै पहिलो पटक कायममुकायम गर्भनर तोक्यो ।
वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएर आफ्नो धरातल उदाङ्गो पारेको सरकारले अझै केन्द्रीय बैैंक कायम मुकायमकै भरमा चलाइरहेको छ । सत्तारूढ दलहरूबीचको स्वार्थ बाझिँदा आर्थिक तथा वित्तीय क्षेत्रको नियामक निकायको नेतृत्व नियुक्तिमा असाधारण ढिलाइ आफैँमा असोभनीय छ । तरल अर्थतन्त्र र बजेट अधिवेशन नै आह्वान भइसक्दासमेत राष्ट्र बैंक नेतृत्वविहीन छ । गर्भर नियुक्तिलाई लिएर सरकार चौतर्फी घेराबन्दीमा छ ।
प्रतिक्रिया