काठमाडौं—काठमाडौं महानगरका नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा २ जना घाइते भएका छन् ।
च्यासलमा कवाडी सामान भण्डारण गरिएको स्थान खाली गर्न महानगरपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरेपछि कवाडी संकलन केन्द्रमा महानगर प्रहरीले डोजर लिएर गएको थियो । सोही क्रममा कवाडी संकलन केन्द्रमा डोजर चलाउँदा बिहीबार सवा ११ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
झडपका क्रममा महानगर प्रहरीका इन्ससपेक्टर ५० वर्षीय ईश्वरी वाग्ले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । कवाडी व्यवसायीको सर्लाही, रामनगर– ४ का ३५ वर्षीय होसनारायण यादव पनि घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ ।
प्रतिक्रिया