Breaking

सत्तारूढ गठबन्धन दलभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको कांग्रेसको निष्कर्ष


काठमाडौं—नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरूभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धन दलहरूभित्र अझै समन्वयको आवश्यकता औंल्याएको हो।

प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बैठकपछि प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्। प्रवक्तामहतले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए ।