Breaking

२०८४ सम्म सरकारमा जाँदैनौँ : अध्यक्ष दाहाल


काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् ।हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा आज रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए ।

जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे । अध्यक्ष दाहालले माओवादी केन्द्रले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताए ।