गणतन्त्रवादीको चेतावनीकाबीच पूर्वराजा ज्ञानेन्द्र शाहले ‘संवैधानिक राजसंस्था’बारे आफ्नो मान्यता कायमै रहेको प्रष्ट पारेका छन् । त्यसैका लागि सडकमै गएर नेता भेट्नेदेखि तीनकुने घटना लगायतमा मुख खोलेका उनी पछि हट्ने मुडमा देखिदैनन् । बरु उनको गतिविधिले सेलाएको राजावादीमा प्राण भर्नेमात्र नभएर अरुले नसके आफैँ मैदानमा आउने संकेत गर्दा कसरी अघि बढेका छन् त पूर्वराजा ?
निर्मल निवासको गेटमै पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधरण भेटेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल छ । यो भिडियो कहिलेको हो भन्ने प्रष्ट नभएपनि निकै परबाट खिचिएको उक्त भिडियोमा पूर्वराजा एक नागरिकसँग भलाकुसारी गरिरहेको प्रष्ट देखिन्छ ।
तीनकुने घटनापछि कोही राजवादी हिरासतमा त कोही नजरबन्दमा रहँदा पूर्वराजाको यो भिडियो अर्थपूर्ण छ । यसले उनले जो नागरिकसँग पनि भेट्ने र त्यसैका आधारमा सबै घटनाको दोष उनीमाथि लाग्दैन भन्ने राजावादीको तर्कलाई समेत बल पुर्याएको छ । अर्थात गणतन्त्रवादीहरुले कहिले उनलाई कारबाहीमा तान्ने त कहिले निर्मल निवासमै सीमित गर्ने माग राख्दा उनी निर्वाध बाहिर आएका हुन् ।
अभिव्यक्तिबाट प्रहार,नागरिक अभिनन्दन स्वीकार र धार्मिक यात्रामा सक्रिय उनी यही तरिकाले अघि बढे सडकमै आएपनि नौलो नहुने अवस्था बन्दै गएको छ । जसले राजावादी शक्ति छिन्नभिन्न भएको र राजतन्त्रको माग नै शिथिल भएको भाष्यमै प्रश्नसमेत उब्जाएको छ । बरु परे राजावादीकै नेतृत्वभन्दा माथि उठ्ने यसले प्रष्ट संकेत गर्दा नयाँ वर्षको शुभकामना मै पनि यो विषयउनले प्रष्ट पारिसकेका छन् ।
सो वक्तव्यमा संवैधानिक राजसंस्थाबारे आफ्नो मान्यता कायमै रहेको बताएका उनले मुलुकको समग्र संरचनामा हेरफेरको प्रस्तावसमेत अघि सारेका छन् । त्यस्तै तीनकुने घटनामा गणतन्त्रवादी दलहरूले पूर्वराजामाथि कारबाहीको माग गर्दा उनले उक्त घटनाबारे दुःख व्यक्त गरेका छन् । यसले पनि सरकारको दवावले उनलाई नछोएको पक्का हुँदा राज्यशक्तिको स्रोत नागरिक नै हुने भनाईत उनले सधैँ राख्दै आएका छन् ।
पछिल्लो समय उनले जनकमान्डर बनाएका दुर्गा प्रसाईं हिरासतमा छन् । त्यस्तै संयुक्त जनआन्दोलन समिति राजावादी आन्दोलन हाँक्ने अवस्थामै छैन । यतिमात्र नभएर राँके जुलुस र आन्दोलनबाटै आफ्ना नेता छुटाउने राजावादी शक्ति राप्रपाको प्रयाससमेत सफल भएको छैन । अर्थात २४ घण्टे अल्टिमेटम होस कि तीनकुने घटनाको छानविन गर्न गरिएको माग होस सबैमा राप्रपा चिसै पानीले नुहाएको छ । अर्थात प्रजातन्त्र दिवसमा आफूलाई साथ दिन आह्वान गरेका पूर्वराजा सडकमै नागरिक भेट्न पुग्दा संगठित तथा राजावादीको राजनीतिक शक्ति राप्रपा पूर्वराजाजति पनि अग्रसर देखिँदैन ।
खोसिएको पत्रकारको मोबाइल फिर्ता गर्ने होस कि आफू संवैधानिक राजामात्र हुन खोजेको प्रष्ट पारेको विषय होस निर्मलनिवास रणनीति देखिँदै आएको छ । दुर्गा प्रसाईंको उग्रतामा पूर्वराजालाई भेटेको समेत हिस्सा रहँदा उनले नवराज सुवेदीलाई अघि सारेर सबै राजवादीलाई बाइपास गरिदिएका थिए ।
अहिले समेत अरु राजावादी आत्तिएकै अवस्थामा रहँदा सौम्य र शालीन सुनिएका पूर्वराजा राप्रपालाई तीनकुने आन्दोलको नैतिक भारी बोकाउनसमेत सफल भइसकेका छन् । जसले सर्प पनि मर्ने लौरी पनि नभाचिने अवस्था रहँदा कानुनमन्त्री अजय चौरसिया भने निर्मल निवास यस्ता घटनाबाट बच्न नसक्ने दाबी गर्छन् । हुन त राजावादी आन्दोलन उचालिनुमा नेताहरुको असफलतामात्रै कारण भएकोमा प्रश्न छ ।
यसमा देशीविदेशी हावा रहेको विश्लेषण गरिँदा व्यापारी बुद्धि भएका ज्ञानेन्द्र रिस्क लिने व्यक्ति चाहिँ होइनन् । यही कारण राजावादीको उत्साहको पछाडि धेरै कारणबारे विश्लेषण हुँदा अभिभावकत्व प्रदान गर्नु पूर्वराजाको कर्तव्यसमेत हो । तरसत्ता,सरकार र दलहरुमाथिको प्रश्न झन पेचिला बन्नु र दिनदिनै उनको सक्रियता बढ्नुलाई कम आँक्न सकिदैन । जो गणतन्त्रवादीकाविरुद्ध सिधा हाक भएको प्रष्ट हुँदा पूर्वराजाका यस्ता कदम मात्र राजावादीमा प्राण भर्नपर्याप्त हुनेमा भने शंशय कायम छ ।
प्रतिक्रिया