सत्तामा खटपट भएकोनेकपा एमालेले नै स्वीकारेको तथा कांग्रेसलेसमेत तीतो वचन प्रहार गरेपछि सरकारको आयुबारे प्रश्न उठिरहेको छ । जसले अब कांग्रेस नेतृत्वका लागि तयार छ त भन्ने प्रश्नसमेत यसले उब्जाउँदा भारतको इसारा के हुन्छ भन्ने चर्चा छ । बढ्दो प्रश्नकै कारणओली देउवाले नै भेटेर कुराकानी गरेको अवस्था रहँदा के हुन् त कांग्रेसका असन्तुष्टि र तयारी ?
चौतर्फी आन्दोलन र घेराबन्दीले थलिएको सरकार, प्रमुख साझेदार नेपाली कांग्रेसको असन्तुष्टिले धर्मराएको छ । अहिले कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापासहित नेताहरुले खुलेरै सरकारप्रति असन्तुष्टि पोखिरहेका छन् । सरकारकै कारण जनतामा आक्रोश बढेको, भ्रष्टाचार र कुशासन बढेको, सरकार बिचौलियाको चंगुलमा फसेको जस्ता दाबी उनीहरुले गर्दा सरकार सञ्चालनका लागि चार चार जना नेता सम्मेलित राजनीतिक संयन्त्र बनाइए पनि त्यसलाई पन्छाएर प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेको गुनासो महामन्त्री थापाको छ ।
अब विकल्प नभएका कारण मात्र प्रधानमन्त्री ओलीलाई स्वीकार्नु परेको उनको आशय रहँदा स्वयम कांग्रेस सभापति शेरबहादुर देउवाले समेत यी असन्तुष्टिहरुको अनुमोदन गरेको अवस्था छ । यही कारण ओलीले देउवाँसग मंगलबार बालुवाटारमा करिब एक घण्टा छलफल नै गरे भने छलफलमा गठबन्धनको आयु तथा समझदारीअनुरूप कार्यशैली नभइरहेको भनी आएका टिप्पणी सम्बन्धमा कुराकानी भएको बताइएको छ । यता एमालेले यो आलोचनाबारे खासै नबोलेपनि संयन्त्रमै छलफल हुने प्रष्टिकरण दिएको छ ।
तर समस्या यतिमै समाधान हुने खालको छैन । विशेषतः यो चौतर्फी आन्दोलन र घेराबन्दीले प्रधानमन्त्री ओली स्वयम् गलेका छन् । अर्कातर्फ देउवाका पक्षमा राष्ट्रिय सहमतिकै आधार देखिँदायो पल्ट ओलीको टसलसमेत परराष्ट्रमन्त्री डा.आरजु राणादेउवासँगै देखिन्छ । अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगबैंककमा साइडलाइन वार्ता गरेर आरजुलाई बाइपास गरेका ओलीले नेपालमा आएर भारत जानु ठूलो कुरा नभएको बताएका थिए ।
त्यस्तै व्यवस्थाविरोधी आन्दोलन होस् कि कुलमान घिसिङ र बालेन्द्र शाहसँगको टसल होस्, ओलीले हल गर्न सकेका छैनन् । बरु तीनकुने घटनाले उल्टै प्रहरीमाथि नै प्रश्न उठ्दा पक्राउ परेका राप्रपा महामन्त्री डा.धवलशमशेर राणालाई भारतीय र आरजु सम्बन्धका कारण छोड्नुपर्ने दबाबमा ओली छन् । यसले सरकारमाथिका प्रश्न अझ बढ्दा पछिल्लो समय मन्त्रिपरिषद बैठक बस्यो कि डर लाग्न थालेको कांग्रेस महामन्त्री थापाको भनाइले समेत यसैलाई संकेत गरेको छ ।
राजनीतिक परिदृश्य हेर्दासमेत नयाँ सरकार बने निःसर्त सहयोग गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकेत गरिसकेका छन् । मधेशवादी दलको मोर्चाले समेत देउवालाई सहयोग गर्ने अवस्था रहँदा गलेका ओली आफैँले छोड्ने परिस्थिति बन्दै गएको छ ।
यसको अर्थभूराजनीतिदेखि आन्तरिक राजनीतिसम्म च्यापिएको अवस्थामा त्यसबाट पार नपाउन्जेल किन नेतृत्वमा जाने भन्ने देउवाको अड्डीले मात्र ओली जोगिने अवस्था छैन । अझ रोचक यी सारा समस्या भारत दाहिना हुनासाथ हट्ने अवस्था छ भने देउवाले राजदूत शंकर शर्मामार्फत भारत भ्रमणको तयारी गरिरहेका छन् । जसले आगामी निर्वाचनसम्मको सुनिश्चितता र एमाले बाहेक कै भएपनि बाँकी सबैको साथ रग्यारेन्टीको खोजीमा देउवा रहेको बुझन् गाह्रो छैन । यसले नेपालमा ९ महिना कुनैपनि सरकारका लागि खड्गो बन्ने गरेको उदाहरण ओलीका लागि पनि लागु हुने सम्भावना प्रबल रहँदा राजनीतिक विश्लेषक समेत यसलाई नकार्दैनन् ।
हुन पनि सत्तामै रहेको एमालेले सडकमा समेत जाने रणनीति लिएबाटै ओलीले प्रतिपक्षीको मैदान बनाउन थालेको चर्चा छ । त्यसैमा गाली हामी खाने, गल्ती ओलीले गर्ने कांग्रेसको बुझाइमा ओलीकै पनि आफ्नै बाध्यताहरु छन् । अहिले उनी न मन्त्री फेर्न सक्छन् न त आफ्नो घट्दो साख नै उठाउन सक्ने अवस्थामा छन् । बरु बलियो सरकारको कमजोर प्रधानमन्त्रीको छवी बन्दै जाँदा देउवा नै आए पनि उही सरकार परिवर्तन भएको भन्ने बहाना बाहेक अन्य आशाको ठाँउ छैन ।
प्रतिक्रिया