मौसम

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा


काठमाडौं—काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज दिउँसो पानी परेको छ । गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली केही कमजोर भए पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने क्रम रोकिएको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र कतै कतै मध्यम वर्षा भएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र स्थानीय वायु सक्रिय भएका कारण मेघगर्जनसहित पानी परेको बताउनुभयो । आज हिजो÷अस्तिजस्तो ठूलो पानी परेको छैन । पर्सि बिहीवारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ ।

भोलि बिहानसम्मको पूर्वानुमान अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी एक÷दुई ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै पर्सि बिहीवारदेखि मौसम फेरि बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।