काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नव वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने संकल्प गर्न आग्रह गरेका हुन् ।
राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र साझा संकल्प लिएर अघि बढ्न उनले अपिल गरे । राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमीकमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू विस्तारै निस्तेज हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया