Breaking

वीरगञ्जमा लगाइएको कर्फ्यु हट्यो


काठमाडौं—जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कफ्र्यु हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिए ।

प्रजिअ अर्यालले वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कफ्र्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले आइतबार राति बजेदेखि कफ्र्यु आदेश हटाइएको बताए ।

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन् । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार झडप भएपछि सोही दिन साँझ ६ः३० बजेदेखि कफ्र्यु आदेश जारी गरिएको थियो ।