काठमाडौं—गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले बैंककमा बिमस्टेक शिखर सम्मेलनका क्रममा साइडलाइन भेटवार्ता गरेका थिए । उक्त भेट गत वर्ष अगस्टमा शेख हसिना सरकारको पतनपछि नोबेल पुरस्कार विजेताले बङ्गलादेशको कार्यभार सम्हालेपछि दुई नेताहरूबीचको पहिलो थियो ।
भेटपछि हसिनाको सरकार ढलेसँगै तिक्ततापूर्ण रहेको भारत र बङ्गलादेशबीचको सम्बन्धमा सुधार आएको अपेक्षा गरिएको थियो । तर, कार्यकारीले भेटेको साता दिन बित्दा नबित्दै दुई देशबीच चिसिएको सम्बन्ध सतहमै आएको छ ।
प्रतिक्रिया