काठमाडौं—फागुन ६ गते ‘अब समय आयो’ भन्दै सिठ्ठी फुकेका पूर्वजा ज्ञानेन्द्र शाहले अर्को संखघोष गरेका छन् । ६ गतेको आह्वानले २५ गते देखिएको समर्थनलाई उनले आफ्नो शक्ति माने । त्यसैको बलमा विभिन्न पार्टी, संगठन र समूहलाई राजा फर्काउने अभियानकै रुपमा सक्रिय बनाए ।
अहिले केही राजावादीले हिरासतको हावा पनि खाइरहेका छन् । यसको मुख्य जिम्मेवारका रुपमा पूर्वराजालाई संसदमै लिएर बयान लिनुपर्नेदेखि पक्रिएरै अनुसन्धान गर्नुपर्नेसम्मका माग भए । उनलाई नै फर्काउने अभियानमा दुई नागरिकको ज्यान जाँदासमेत गुप्तबास भएका उनले नयाँ वर्षको छेको पारेर आफ्नो मौनता तोडेका छन् ।
तीनकुने घटनामा एक वाक्यमा दुःख व्यक्त गरेका शाहले अरु धेरै राजनीतिक सन्देश दिएका छन् । उनको सन्देश सरसर्ती हेर्दा लाग्छ पूर्वराजा ज्ञानेन्द्रले आगामी वर्षलाई पूरापूर आफ्नो अनुकूलमा देखिरहेका छन् । शालीन शैलीमा ज्ञानेन्द्रले गहिरो सन्देश छाडेका छन् ।
प्रतिक्रिया