काठमाडौं—नागरिकलाई शान्ति सुरक्षा दिने र सम्भावित घटनालाई व्यवस्थापन गर्ने जिम्मा पाएको सुरक्षा निकायहरु नै पछिल्लो समय आफ्नै सुरक्षा गर्न नसक्ने अवस्थामा देखिँदै छन् । चैत १५ गते तीनकुने घटनामा केही हजार भिडलाई व्यवस्थापन गर्न नसक्दा प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो भने सुरक्षाकर्मी स्वयम्लाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे परेको थियो । कतै प्रहरी–प्रहरीबीच नै हात हालाहाल र भनाभन गरेको अचम्मको दृश्य देखियो भने कतै आन्दोलनकारीले ज्यानै लिने गरी खोजको धरापमा पारेर ढुंगामुढा गरे ।
काठमाडौंको तीनकुने घटना सेलाउन नपाउदै शनिबार वीरगन्जमा दुई धार्मिक समूहको झडपलाई नियन्त्रणमा लिन नसक्दा पुनः नेपालको सुरक्षा निकाय आलोचित बन्न पुग्यो । भिड नियन्त्रण गर्न पुगेका प्रहरीकै प्रर्दशनकारीले दाँत झारे भने कयौँ घाइते बनेर भागाभगको अवस्था बन्यो ।
प्रतिक्रिया