Breaking

राजनीतिक चिरफारमा ८१ : प्रचण्ड गए ओली आए, पूर्वराजा सलबलाए, जनता हेरेको हेर्‍यै (भिडियो)


काठमाडौं—शक्तिशाली संख्यासहित बलियो सरकार बनेको वर्ष हो २०८१ । अस्थीरताको दुष्चक्रबाट आजित आम सर्वसाधारणले शंकाको सुविधासहित कांग्रेस एमाले नेतृत्वको सरकारमा धेरथोर भरोसा पनि गरे । तर, यही बीचमा सबैभन्दा निर्लज्ज र अपेक्षाभन्दा बाहिरका काम पनि भएका छन् । नाम कम बद्नाम ज्यादा, आशा कम निराशा ज्यादा, सत्य कम झुट ज्यादा, सुशासन कम कुशासन ज्यादा बन्ने अवस्था आयो । यहाँ २०८१ सालमा भएका प्रमुख घटनाक्रमको चर्चा गर्दैछौँ ।

शक्तिशाली सरकार बनेको वर्ष

अस्थीरताको चक्रमा देश फसेका बेला यही वर्ष दुई तिहाइको बलियो सरकार नेपाली जनताले पाए । परस्पर प्रतिस्पर्धी र संसदका दुई ठूला दल कांग्रेस र एमाले सम्मिलित बलियो सरकार गत असार ३१ गते बन्यो । पुष्पकमल दाहाल प्रचण्डको चकचकीलाई तोड्दै केपी शर्मा ओली प्रधानमन्त्री बने ।

तर, असार १७ को मध्यरातमा अँध्यारो कोठमा सहमति गरी बनेको सरकारले संविधान संशोधनजस्ता बलिया मुद्दा बोके पनि पूरापूर असफल सावित हुने अवस्थामा पुग्यो । यसले अस्थीरताको चक्र तोड्दै नयाँ सुरुवातको अपेक्षा गरिए पनि एजेण्डा र आकांक्षअनुरुप सरकार जान नसकेपछि फेरि उही अस्थीरताको चक्र सुरु हुने जोखिम बढ्दैछ । कांग्रेस एमालेको खाट्टी जोडी नै आफ्नो मुद्दाबाट बरालिएको छ ।