काठमाडौं—वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।
सहमति अनुसार पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन÷अनुसन्धान गरी कानुनी कारबाही गरिने उल्लेख छ । यस्तै दोस्रो बुँदा अन्तरधार्मिक÷साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु¥याउने बताइएको छ ।
सहमतिको तस्रो बुँदामा उक्त घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय गरिएको छ । यसैगरी ४ नम्बर बुँदामा धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने,सो गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया