काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाह सल्बलाएपछि संशकित भएका गणतन्त्रवादीहरु तीनकुने घटनापछि राजावादीविरुद्ध थप आक्रामक बनिरहेका छन् । ज्ञानेन्द्रको इसारामा गणतन्त्रमाथि धावा बोल्न थालेको निश्कर्षसहित गणतन्त्रवादी दलहरुले मोर्चा कसेरै प्रतिकार सुरु गरेका हुन् ।
तिनकुने घटना हिंसामा परिणत भएपछि उनिहरुलाई थप बल मिलेको छ। राजा फर्काउने आन्दोलनमा जनता नै मारिएपछि यसले राजावादीलाई व्याक फायर हुँदा गणतन्त्रवादीहरुले हिंसाको बलमा चिहानमा पुगेको राजतन्त्र नफर्किने कडा टिप्पणी गर्ने सुविधा पाएका छन् । फलतः पूर्वराजाविरुद्ध यतिबेला गणतन्त्रवादीहरु सार्वजनिक मञ्चमा दैनीक गाली गर्न बाँकी मात्रै राख्दैनन् कि उनलाई सजायको भागीदार बनाउनेसम्मकै रणनीति छेडिएको छ ।
प्रतिक्रिया