काठमाडौं—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाले एमालेभित्र हलचल मच्चाएको छ भने राजनीतिक वृत्त फेरि एकपटक गर्माएको छ । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको निरन्तरको भेट र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक पुनरागमनले राजनीतिक वृत्त तरंगित बनेको हो ।
अझ प्रधानमन्त्री ओली स्वयंकै अग्रसरतामा कहिले लन्च त कहिले डिनर भेटले तरंग पैदा गरेको छ । विद्यालाई सक्रिय राजनीतिमा फर्किन ग्रिन सिग्नल दिइरहेका ओलीले पछिल्लो पटक बालुवाटारमै बोलाएर प्रधानमन्त्री वा अध्यक्षको प्रस्ताव नै गरेको विषयले हल्लीखल्ली भइरहेको छ ।
प्रतिक्रिया