काठमाडौं—काठमाडौंको बानेश्वर क्षेत्रमा विगत ११ दिनदेखि ठूलो मात्रामा शिक्षकहरू सडकमा छन् । विद्यालय शिक्ष ऐनको माग गर्दै ठूलो स्वरले आफ्नो आवाज सरकारको कानसम्म पु¥याउन प्रयत्नशील त्यही भीडको बीचमा प्राविधिक शिक्षा तर्फका शिक्षकहरू पनि एउटा सानो समूहमा आफ्नो माग राखिरहेका छन् । हुन त शिक्षा पेशा नै प्राविधिक पेशा हो । तर त्यसभित्र पनि प्राविधिक धार भनेर नेपालमा राष्ट्रिय परीक्षा बोर्डको नौ देखि १२ कक्षा सम्म पढाइ हुने पाँच वटा प्राविधिक पाटो लाई वर्गिकृत गरिएको छ।
कृषि तर्फको वाली विज्ञान, पशु तर्फको पशु विज्ञान, ईञ्जिनियर तर्फको सिभिल ईञ्जिनिय, इलेक्ट्रिकल र कम्प्युटर ईञ्जिनिर गरेर नेपालमा पाँच सय २७ वटा सामुदायिक विद्यालयमा प्राविधिक धारका विषयहरू पढाइ हुन्छ । प्रत्येक कक्षामा ४८ जना मात्र विद्यार्थीको कोटा तोकिएको छ भने, प्रत्येक विद्यालयमा ६ जना शिक्षकले अनिवार्य रुपमा अध्यापन गराउँदै आइरहेका छन् । तर, प्राविधिक धार सुरु भएको १० वर्ष भईसक्दा पनि आजसम्म एउटा पनि दरबन्दी सिर्जना हुन सकेको छैन । अर्थात शुन्य दरबन्दी छ ।
प्रतिक्रिया