Breaking

वीरगञ्जमा कर्फ्यु आदेश जारी


पर्सा । वीरगञ्जमा कफ्र्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।

अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कफ्र्यु जारी गरेको छ । आज दिउँसो वीरगञ्जको छपकैया क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले केही पसल र मोटरसाइकलमा समेत आगजनी गरेका छन् । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।

झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।