Breaking

बालाजु औद्योगिक क्षेत्रभित्र भीषण आगलागी


काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकि छ ।