Breaking

वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त, स्थानीय र प्रहरी घाइते


पर्सा । वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुदाँ त्यहाको अवस्था तनावग्रत भएको छ ।

आज दिउँसो वीरगञ्जको छपकैया क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले केही पसल र मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।

झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।