Breaking

पहिरोले कार पुर्‍यो, सिद्धार्थ राजमार्ग अवरुद्ध


बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ । तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।

बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति भएको छ ।

कारमा सवार यात्रु सकुसल रहेको दोभान प्रहरीले जनाएको छ । पहिरो बिहानको समयमा गएको थियो ।