चैत १५ गते तीनकुने हिंसात्मक आन्दोलनका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । सरकारको भाषामा संविधान र व्यवस्था नै ध्वस्त पार्नेगरी भएको सो आन्दोलनका नाइके प्रसाईंमाथि दुई गतिविधिको जगमा तीन कसुरमा अनुसन्धान थालिएको छ भने आधा दर्जन कसुर आकर्षित हुनसक्ने देखिएको छ ।
तीनकुनेमा उत्पात मच्चाएर भारत भाँगेका प्रसाईं अन्ततः प्रहरी खोरमा पुगेका छन् । राजावादीको अराजक प्रदर्शनका जनकमाण्डर बनेका उनी चैत १५ गते नै फिल्ड छोडेर भागेपछि राज्यले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ नै तीर सोझ्याएको थियो । तर, १३ दिनपछि राजावादीले कमाण्डर बनाएका र राज्यले पनि मुख्य योजनाकार मानेका प्रसाईं नै पक्राउ परेपछि उनीमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पटक–पटक अराजक अभियान र गतिविधि चलाएका प्रसाईं खोरमै पुगेपछि यसै राज्यले पनि उनलाई तह लगाउने दरिलो मौका पाएको छ । दुर्गालाई जेलमै सडाउन प्रहरीले उनका दुई अराजक गतिविधिलाई खास नजरले हेरेको छ ।
यो दृश्य दुर्गाले तीनकुनेको मञ्ममा भीडलाई उत्तेजक बनाइरहेको समयको हो । जहाँ उनले पहिले नजिकै रहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र त्यसपछि संसद भवन कब्जा गर्नुपर्ने भन्दै उत्तेजित भाषण दिएका छन् । पछि उनकै योजनामा विमानस्थलमै आगजनीको प्रयास भएको थियो । निषेधित क्षेत्र तोड्दै प्रसाईं आफैँ संसद भवनतर्फ अघि बढेका थिए ।
यो दृश्य दुर्गा प्रसाईं संसद भवन नै कब्जा गर्ने नियतले निषेधित क्षेत्र तोडिरहेको हो । जहाँ प्रहरीको दुई दुई वटा सुरक्षा घेरा तोड्दै उनी संसद भवनतर्फ हुँइकिएका थिए । समर्थकहरुलाई आउ आउ भनिरहेका उनले प्रहरीलाई नै पेल्ने नियतले अघि बढेको दृश्यलाई प्रहरीले अर्को दरिलो प्रमाण मानेको छ ।
उनका यिनै हर्कले त्यो आन्दोलनको मुख्य जिम्मेवार नै दुर्गा रहेको ठह¥याएको प्रहरीले तत्कालका लागि दर्ता किताबमा तीनवटा कसुुर चढाएको छ । तर, अनुसन्धानको क्रममा आधा दर्जन कसुर आकर्षित हुनसक्ने देखिन्छ ।
१. राज्य विरुद्धको कसुर
नेपालको संविधानको धारा एक को उपधारा दुईले यो संविधानको पालना गर्नु सबै व्यक्तिको कर्तव्य हुुने भनिएको छ । तर, त्यो आन्दोलनलाई राज्यले संविधान र व्यवस्था नै भत्काउने नियतले भएको मानेको छ । यसअघि पक्राउ परेका राजावादीविरुद्ध पनि यो कसुर लगाइएको छ । उनीहरुभन्दा दुर्गाविरुद्ध नै यो कसुर बढी आकर्षित हुने कानुनका जानकारहरु बताउँछन् । यस अनुसार उनलाई कसुरअनुसार पाँचदेखि २५ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।
२. संगठित अपराध
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ । उनी प्रदर्शनकारीको कमान्डर रहेका कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए । दुर्गाले पूर्वयोजनाअनुसार नै पाखुरेहरुको ग्याङ प्रदर्शनस्थलमा उतारेको चर्चा छ ।
३.ज्यान मार्ने उद्योग
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि प्रहरीको भिडलाई किचौंलाझैं गरी गाडी कुदाएका थिए । त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो । तर, त्यसका लागि आपराधिक क्रियाबाट मनसाय पत्ता लगाउनुपर्ने हुन्छ । यदि सो कसुुर आकर्षित भए मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १८३ अनुसार उनलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । अनुसन्धानका क्रममा दुई जनाको ज्यान गएको जिम्मेवारीसमेत उनैले लिनुपर्ने अवस्था आए कर्तव्य ज्यानसम्बन्धि मुद्दा पनि आकर्षित हुन सक्नेछ ।
यी प्रसाईंमाथि अकर्षित हुनसक्ने सबैभन्दा ठूला कसुुरहरु हुन् । यसबाहेक आन्दोलनका क्रममा सरकारी र निजी गाडी, विमानस्थल नजिकको झाडी, पार्टी कार्यालय, जडिबुटी प्रशोधन केन्द्र लगायत निजी घर र सञ्चारमाध्यममा तोडफोड, आगजनी भएकाले उनीमाथि निजी सम्पत्तिको तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी लगायत कसुर आकर्षित हुनसक्छ । प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जबरजस्ती प्रवेश गरी लुटपाट गरेका थिए । उनकै समूहले यो काम गरेकाले उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसुर पनि आकर्षित हुनसक्ने फौँजदारी कानुनका जानकाहरु बताउँछन् ।
उनीमाथि संगठित अपराधमा अनुुसन्धान अघि बढेकाले ६० दिन हिरासतमै राख्न प्रहरीलाई समस्या पर्ने छैन । यसबीचमा पक्राउ परेका अरु व्यक्ति र दुर्गा स्वयंको बयान, प्रहरीको अनुसन्धान र सरकारी वकिलले गर्ने अध्ययन लगायत प्रक्रियामा उनीमाथि कस्ता अभियोग लाग्छ भन्ने कुराको निक्र्योल हुनेछ । जसका लागि अझै कम्तिमा साढे एक महिनासम्म कुर्नुपर्ने हुनसक्छ । तर, राज्य राजावादी आन्दोलन र समर्थकमाथि निर्मम बन्दा उनीहरुको भागाभाग हुने अवस्था छ । दुर्गामाथि राज्यविरुद्धको कसुर लगायत अपराध प्रमाणित भए उनी जेलबाट छुट्ने कुरा राजा फर्किएपछि मात्र सम्भव हुनेछ । तर राजा फर्किने सम्भावना त्यति सजिलो पनि छैन ।।
प्रतिक्रिया