Breaking

एयरपोर्ट ल्याउँदा प्रसाईंका दुवै हातमा हत्कडी


काठमाडौं—तीनकुने आन्दोलनमा अराजकता मच्चाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले जहाजबाट काठमाडौं ल्याउँदै छ । झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट काठमाडौं उडाउन लागिएको हो ।

प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर विमानस्थल ल्याएका थिए । जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको थियो । कालो चश्मा र पहेँलो ह्याटमा सजिएका प्रसाईं जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको भिडिओ सार्वजनिक गरिएको छ ।