काठमाडौं—हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण आज पनि देशभरि आंशिक बदली रहेको छ। आज बिहान कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि अपराह्नको समयमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बाँकी भूभागमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । वर्षाका कारण काठमाडौंमा वायु प्रदूषणको मात्रा केही घटेको छ। एयर क्वालिटी इन्डेक्सका अनुसार आज बिहान काठमाडौंमा वायुको शुद्धता १२३ एक्युआइ मापन भएको छ ।
प्रतिक्रिया