राजनीति

गणतन्त्रको उपहार प्रदेश, जनतालाई पर्‍यो भारी, कार्यकर्ताले रित्याए ढुकुटी (भिडियो)


काठमाडौं—नेपालमा संघीयता लागू भएको एक दशक पुग्न लागिसकेको छ । संघीयताको सबैभन्दा सुन्दर पक्ष हो प्रदेश संरचना । किनकी भलै स्वायत्त थिएनन् र अधिकार संकुुचित थियो । तर, गाउँ विकास समितिका नाममा स्थानीय सरकार थियो ।

तर, प्रदेश सरकारको परिकल्पना नै संघीयताको सुन्दरता हो । तर, प्रदेशसभाको पाँचवर्षे पहिलो कार्यकाल सकिन नपाउँदैदेखि यो संरचनामाथि प्रश्न उठाउँदै खारेजीसम्मका आवाज उठाउन थालियो ।

प्रदेश संरचना खर्चिलो र बोझिलो भयो भन्दै खारेजीकै माग राख्ने एक पक्ष रहँदा व्यवस्था विरोधी वा राजतन्त्रका समर्थकहरुलाई मसला बनेको छ । किनकी कांग्रेस एमालेजस्ता पार्टिहरु समेत यसै तालले प्रदेश संरचना चल्न सक्दैन भनिरहेका छन् । अर्थात, संघीयताको मेरुदण्ड मानिने प्रदेश संरचनाप्रति दलका व्यवहार र प्रदेश सरकारका काम गर्ने शैलीले जनतामा वितृष्णा बढाएको प्रस्ट छ ।