काठमाडौं—प्रमुुख नियुुक्तिमा दलको दबदबा तोड्दै विचौलियाको चकचकी बढेको छ । अहिले अर्थ मन्त्रालय मातहतका नियुक्तिमा विचौलिया दुव्र्यसनी देखिँदा राष्ट्र बैंक पनि विचौलियाको गोजीमा पुुग्ने जोखिम बढेको छ । विचौलियाकै चकचकी बढेपछि गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको चर्चा छ ।
अहिले चर्चामा रहेका सबैजसो दाबेदारहरुलाई बोक्न स्वार्थ केन्द्र सक्रिय हुँदा गभर्नर सिफारिस समिति निकम्मा बनेको छ भने दलहरु पनि पैसाको खेलोफाँडोमा रमाउँदा सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्ण पौडेल हेरेको हे¥यै भएका छन् । गर्भनर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सक्काएर बिदा भएपछि राष्ट्र बैंक भने कायम मुकायम गभर्नर निलम ढुंगानाले सम्हालीरहेकी छन् ।
प्रतिक्रिया