काठमाडौं—पछिल्लो समय राजावादीहरुका साथै विभिन्न पक्ष दिनहुँ जसो सडक प्रदर्शनमा उत्रिँदा प्रहरी प्रशासन भने सुरक्षा चुनौतीको अग्नि परीक्षामा रहेको छ । तीनकुने घटनामा प्रहरीबाट भएको दमनलाई लिएर सर्वत्र आलोचना भइरहेको अवस्थामा दिनहुँ हुने प्रदर्शन नियन्त्रणमा संयमता अपनाउँदै शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रमुख दायित्वमा रहेको प्रहरीमाथि दबाब बढ्दै गइरहेको छ ।
तीनकुने विध्वंशमा शान्ति सुरक्षामा चुकेको प्रहरी प्रशासनमाथि तिनै राजावादी दलहरुले समेत गम्भीर प्रश्न उठाइरहेका छन् । फलतः चैत २६ गते राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा भने प्रहरी सर्तक देखियो । सो कार्यक्रमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तीनकुने वितण्डाले बिच्किएका लिङ्देनले गणतन्त्रवादीलाई गाली गर्दा प्रहरी प्रशासनमाथि पनि तिखो प्रहार गरे ।
प्रतिक्रिया