राजनीति

मोदी रिझाउने होडबाजी, राजावादी र गणतन्त्रवादी नै लम्पसार, कता हरायो उग्रराष्ट्रवाद ? (भिडियो)


काठमाडौं—राजाका पालामा भारत रिझाउनकै लागि नदिनाला बेचियो । नाफा–नोक्सान नहेरी भारतलाई खुसी पार्न थुप्रै सन्धि सम्झौताहरु भए । व्यवस्था फेरियो । पात्रहरु फेरिए । तर दुर्भाग्य देशको हविगत भने उस्तै छ भन्दा फरक पर्दैन ।

ताजा उदाहरण अप्पर अरुण अर्थात माथिल्लो अरुण भारतलाई सुम्पिन सरकारले गरेको तयारीलाई बुझ्न सकिन्छ । राष्ट्रवादको खोक्रो आडम्बरमा गणतन्त्रका नवराजाहरुले देशको अवस्था झन ठिट लाग्दो बनाएको छ ।

राजनीतिक दल र तीनका नेताहरुले छिमेकी मुलुकहरुसँगको कुटनीतिक सम्बन्ध सत्तारोहण र शक्ति आर्जन गर्ने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नो स्वार्थ सिद्ध गर्न आलोपालो छिमेकी रिझाउन दौडधुप नै गर्छन् । पछिल्लो समय देशमा सलबलाएको राजावादीहरुको आन्दोलनसँगै सत्तारुढ दल कांग्रेस–एमाले र राजावादीबीच भारत रिझाउने प्रतिस्पर्धा नै चलिरहेको छ ।