काठमाडौं—चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनमा श्रम गरी खाने दुई नेपाली युवा अस्ताए । एक कर्मठ पत्रकार सुरेश रजक आफ्नो कर्म गर्दागर्दै आगोमा जल्नु पुगे भने, अर्का सवारी चालक २९ वर्षीय सविन मर्हजन राज्यले चलाएको गोलीको सिकार बने ।
जुन गोलीको खरिदमा सविनले तिरेको करकै केही हिस्सा पनि थियो । श्रम गरेर खानेहरूको मृत्युमा सारा देश रोइरहेका बेला उनीहरूको परिवारले घरको मूल खम्बा गुमाएका छन् ।
आफ्नो कर्मलाई नै धर्म बनाएका रजक र गाडी चलाएर आठ वर्षीय छोरी र श्रीमतीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै धानिरहेका महर्जनलाई गुमाउँदा उनीहरूको पारिवारिक स्थिति झन् पीडादायी बनेको छ ।
प्रतिक्रिया