काठमाडौं—अमेरिकाले चीनबाट आयात हुने सामानमा भन्सार शुल्क बढाएर १४५ प्रतिशत पु¥याएको छ। ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानमा लगाइएको भन्सार १४५ प्रतिशत रहेको जानकारी गराएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार चिनियाँ सामान आयात शुल्क १२५ प्रतिशत पु¥याइएको बताएका थिए। तर अमेरिकी प्रशासनले यसमा पहिले लागु गरिएको २० प्रतिशत भन्सारसमेत जोड्दा १४५ प्रतिशत हुने स्पष्ट पारेको छ ।
यसअघि चीनले बदलामा अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।भन्सार शुल्क वृद्धिले अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएको छ । एकले अर्कालाई गलाउने रणनीति दुबै देशको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाहेकका देशमा भने बढाइएको भन्सार शुल्क ९० दिनका लागि स्थगन गरेका छन्। ट्रम्पले चिनियाँ राष्ट्रपति सीले आफूसँग कुरा गरुन् भन्ने चाहेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । चीनले भने सबै प्रकारका परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएको छ ।
प्रतिक्रिया