काठमाडौं—ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन् । आफू मातहतको विभागले गरेको कार्यक्रममा सचिव अर्यालले पदीय आचरण विपरीतको कार्य गरेको राज्यमन्त्री तामाङले बताए।
पदीय आचरण विपरितको कार्य के कति कारणले गरेको भन्दै उर्जामन्त्री तामाङले निजामति सेवा ऐनअनुसार सजाय किन नगर्ने भन्ने प्रश्न गरेका छन् । जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले आयोजना गरेको सिंचाइ दिवस एवं ७२ औं वार्षिकउत्सव कार्यक्रममा उर्जामन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
प्रतिक्रिया