Breaking

ब्रेकिङ : दुर्गा प्रसाईं पक्राउ


काठमाडौं । तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

बिहीबार साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । प्रसाईंले जीवन रक्षाका लागि आफूले आसाम राज्यको गुहाटीमा आत्मसमर्पण गरेको जनाएका छन् । यसबारे मानअधिकारसँग सम्बिन्धत निकायलाई सबै अवगत गराइएको पारिवारिक स्रोतले जनाएको छ।

आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।

चैत १५ गते तीनकुनेमा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं हिंसात्मक आन्दोलन उग्र बनाएर फरार भएका थिए । सोही दिनदेखि उनलाई पक्राउ गर्न नेपाल प्रहरी खटिए पनि १३ दिनसम्म पक्राउ गर्न सकेको थिएन ।

उनले भने आफू नेपालमै रहेको भन्दै रहस्यमयी ठाउँबाट फेसबुक पेजमार्फत भिडियो जारी गर्दै आएका थिए । बुधबार मात्र प्रसाईंले आफ्नो सुरक्षाको ग्यारेन्टी भए तत्काल प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

राजावादी आन्दोलनमा भएको हिंसात्मक प्रदर्शनलाई उक्साएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायत प्रहरी हिरासतमा छन् ।