Breaking

काठमाडौं महानगरपालिकामा मेयर बालेन सहित ३५ सय कर्मचारीले पाए रोकिएको सबै तलब


काठमाडौं—काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो । करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् ।

महनगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार तलब भत्ताका नाममा ४१ करोड रुपैयाँ भुक्तनी भएको छ । तीन महिना १४ दिनपछि गत चैत २१ गते बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरप्रहरीको अवरोध चिर्दै कार्यालय प्रवेश गराएका थिए ।