Breaking

ओली सरकारलाई जगमानको अल्टिमेटम : तीनकुनेबाटै फेरि आन्दोलन उठ्छ, सम्झौता नगरे जे पनि हुन्छ (भिडियो)


काठमाडौं — राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरे ।