Breaking

राजावादीको प्रदर्शनमा सहभागी थप दुई जना पक्राउ


काठमाडौं—तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।

पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ । यो घटनामा पक्राउ पर्नेको संख्या ७५ पुगिसकेको छ । चैत्र १५मा दुर्गा प्रसाईंले कमाण्ड गरेको राजावादी आन्दोदनमा दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आजगनी र लुटपाट समेत भएको थियो ।