Breaking

बालुवाटार घेरेर भातपानी बन्द गरिदिने लिङ्देनको चेतावनी

योहो संवाददाता

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।

अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे । उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे ।