Breaking

जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता हुन : ज्ञानेन्द्र शाही


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोप लगाएका छन्। राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले चैत १५ गते जडिबुटी प्रशोधन केन्द्रमा माओवादीका कार्यकर्ताले आगो लगाएको बताएका हुन्।

उनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको पनि बताए। दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरेको थियो। राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीजस्ता एजेन्डामा राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गरेको हो।