Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

रवि जेल चलान, राज्यमाथि नै उठ्यो प्रश्न


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बुटवलको सुप्रिम सहकारी रकम अपचलनमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।लामिछानेलाई स्वास्थ्यपरीक्षण गरी जिल्ला कारागार रुपन्देहीको ब्लक नम्बर–४ मा राखिएको छ । लामिछाने सुप्रिम सहकारीमा निर्दोष नठहरिएसम्म वा सर्वोच्चले आदेश नउल्टाएसम्म यही कारागारमा रहने छन् । लामिछाने कारागार चलान हँुदै गर्दा चार सन्देशसमेत दिएका छन् ।

कुनै समय आफूलाई बाघ करार गर्दै, ‘सक्नु हुन्न मलाई, सक्दै त सक्नु हुन्न’ भन्ने उच्च मनोबल देखाउने रवि लामिछाने अन्ततः सोमबार लुसुक्क भिजेको मुसा झै बनेर कारागार छिरेका छन् । कारागार जाँदै गर्दा उनले आफ्ना समर्थक, सुभेच्छुकका साथै पार्टीका नेता कार्यकताहरुलाई चार सन्देश छोडेका छन् ।

संसार जित्छु, देश बदल्छु भनेर अमेरिकाको विलासी जीवन त्यागेर नेपाल फर्किएका रवि लामिछाने सहकारी रकम अपचलन मुद्दामा कारागार चलान भएका हुन् । पूर्वगृहमन्त्री र देशको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई जिल्ला कारागाररुपन्देहीको ४ नम्बर ब्लकमा राखिएको छ । ४ नम्बर ब्लकमा लामिछानेलाई एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।रुपन्देही कारागारमा ४ वटा ब्लक छन् । जसमा १ र २ नम्बर ब्लकमा अरु कैदी र थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक ४ नम्बर हो ।

यो ब्लकमा १० जना कैदी बस्ने क्षमता भए पनि रवि एक्लैलाई राखिएको भण्डारीले बताए । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएकोमा उच्चकान्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले बदर गरेका हुन् । उच्चको आदेशसँगै रातारात सामान्य प्रक्रियासमेत नपु¥याई लामिछानेलाई पक्राउ गर्न उनको बेडसम्मै प्रहरी पुगेको थियो । जुन विषयले सिंगो प्रहरी संगठनको अपरिपक्वता र माथिको आदेशको परिपालक कतिसम्म हुन्छन् भन्ने चर्चा नै चलेको थियो ।

शुक्रबार राति आफ्नै निवास बुढानीलकण्ठबाट पक्राउ परेका लामिछानेलाई त्यसरात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । भोलिपल्ट चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत बिहान ९ बजे गौतमबुद्ध विमानस्थल भैरहवा हुँुदै रुपन्देही पु¥याइएको थियो । शनिवार र आइतवार सरकारी बिदा परेका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको हो ।रास्वपाका कानुन विभाग प्रमुख एवं वरिष्ठ अधिवक्ताडा. नारायण घिमिरेले सभापति लामिछानेलाई प्रक्रिया नपु¥याई गैरकानुनी तवरले थुनेको आरोप लगाउछन् । जुन तरिकाले प्रहरीले सभापतिलाई पक्रेको छ, रातको समयमा बेडमै पुगेर पक्राउ पुर्जी काट्ने, अन्तिम इच्छा सोध्ने यसलाई इतिहासले समीक्षा गर्ने उनले बताएका छन् । साथै सो पक्राउमा संलग्न प्रहरी अधिकृत र आदेश दिने निकायलाई समेत कारबाही हुने उनको दाबी छ । साथै बुटवल उच्च अदालतले गरेको फैसला पनि उल्टाउन सकिने प्रशस्त आधारहरु भएकाले यसविरुद्ध माथिल्लो अदालतमा जाने तयारीमा रहेको उनी बताउछन् ।रवि बाहिर बस्दा नभाग्ने, मुद्दालाई कुनै प्रभाव नपार्ने अवस्था भएमा पुनः सर्वोच्चले फैसला उल्टाउन पनि सक्ने उनको दाबी छ ।

उच्च अदालत तुलसीपुरले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाएसँगै सहकारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । यसअघि चारवटा जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछानेलाई उच्चले थुनामै राख्न आदेश दिए पछिप्रत्येक अदालतमा तोकिएको धरौटीबुझाएको रकम रविले फिर्ता पाउने कानुनविदहरुको तर्क छ । अदालत स्रोतका अनुसार लामिछाने कारागार गएपछि धरौटी रकम कानुनसंवत फिर्ता पाउनेछन् । त्यसका लागि उनले नै प्रक्रिया थाल्नुपर्ने छ ।।

गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड धरौटी माग गरेर थुनामुक्त गरेको थियो । लामिछानेले यसअघि काठमाडौंमा ६० लाख र चितवनमा ५४ लाख रूपैयाँ धरौटी बुझाउनुपरेको थियो । यस्तै कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रविसँग ६५ लाख रूपैयाँ धरौटी माग गरेको थियो । जुन रकम अब लामिछाने कारागार चलान भएसँगै फिर्ता पाउने भएका छन् ।रविको पक्राउको विषयलाई लिएर राज्य निर्मम भएको चर्चा पनि छ ।

वर्तमान गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई बद्नाम गराएको संविधानविदको तर्क छ । लामिछानेलाई पक्राउ गर्न जुन तरिका र प्रक्रिया प्रहरी र सरकारले देखायो यसले सिंगो कानुनको धज्जी उडाएको टिप्पणी भइरहेको छ । देशलाई तमासा बनाएको र अब देश ठुलो संकटमा जाने भन्दै उनीहरुले वर्तमान सरकारको कार्यशैलीले नागरिकमा आक्रोश बढेको तर्क गर्छन् ।

लामिछानेले भेट्न आउनेहरुलाई मध्यरातमा आफूलाई अन्यायपूर्वक पक्राउ गरिएको र कानुनी लडाईंमा आफूले जित्ने बताउने गरेका छन् । अब उच्च अदालतको आदेशलाई सर्वोच्चले उल्टाएको अवस्थामा लामिछानेले बाहिरै बसेर मुद्दा लड्न सक्ने छन् । साथै सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले सफाइ दिएमा पनि उनी थुनामुक्त हुने छन् । अन्यथा मुद्दाको टुंगो नलाग्दासम्म उनी कारागारमै बस्नु पर्नेछ । उनीविरुद्धको मुद्दा टुंगिन एक÷डेढ वर्ष लाग्न सक्ने हुन्छ । त्यो अवधिभर उनी थुनामै रहने देखिन्छ ।।