अन्तर्राष्ट्रिय

अमेरिकी ट्यारिफले विश्व बजार प्रभावित


काठमाडौं—अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । उनले यसलाई ‘अमेरिकाका लागि सुन्दर’ कुरा समेत भनेका छन् ।

ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि अप्रिल २ मा विश्वभरबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क घोषणा गरेका थिए ।ट्रम्पले चीन, युरोपेली संघलगायत धेरै देशसँगको वित्तीय घाटा पूर्तिका लागि शुल्क अपरिहार्य भएको तर्क गरेका छन् ।

ट्यारिफबारे बुझ्न समय लाग्ने समेत उनले दाबी गरेका छन् । विज्ञहरूले भने टम्पको ट्यारिफ नीतिले व्यापारिक युद्धको खतरा बढाएको टिप्पणी गरेका छन् । अमेरिकी ट्यारिफको असरले युरोप, एसिया र स्वयं अमेरिकाको शेयर बजारसमेत नराम्रोसँग प्रभावित छ ।