मौसम

प्रदूषणले काठमाडौंको कन्तविजोग, राज्यलाई छैन वास्ता, कसैको बन्दैन मुद्दा, वर्षा पुकार्नुको छैन विकल्प (भिडियो)


काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अत्यन्तै खतराजनक रहँदै आएको छ । ‘एयर क्वालिटीइन्डेक्स’ (एक्यूआई)ले आइतबार गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा छ ।

लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो, घना बस्ती, सवारी साधानका कारण उत्पन्न धुवाँ–धुलो लगायतले काठमाडौंको आकाशमा वायु प्रदूषण उच्च भएको हो ।