राजनीति

कर्मचारीसँग हारेका बालेन, राजुको कमान्ड हेरेको हेर्‍यै, सुनिताले हातमै समातिन, यसरी ताला फोडियो (भिडियो)


काठमाडौं—बिहीबार काठमाडौं महानगरपालिकामा एकाएक तनावपूर्णको स्थिति बन्यो । महानगरपालिकाको कार्यालयमा नै महानगर प्रहरी र कर्मचारी बीच मुठभेडको अवस्था सिर्जना हुँदा एउटै कार्यालयमा काम गर्ने कर्मचारी एकअर्कासँग रुष्ट बने ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि कार्यालयमा हाजिर गर्नपुग्दा माहोल घम्साघम्सीमा परिणत भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा महानगर प्रहरीले नै रोक लगाएपछि कर्मचारीहरू पनि प्रतिवादमा उत्रिँदा घम्साघम्सीकै अवस्था बनेको हो ।