Breaking

सदनमा चर्काचर्की, ओली बोल्न थालेपछि राप्रपा झनै आक्रोशित, नाराबाजीकै बीचमा यसरी चल्दैछ बैठक(भिडियो)

योहो संवाददाता

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।

साथै उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिए । कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको बताए। धानमन्त्री केपी शर्मा ओलीले बोल्दै गर्दा राप्रपा सांसदहरूले अवरोध गरेका थिए ।

प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेपछि राप्रपा सांसदहरू आक्रोशित बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको बताउनु भएको थियो । लगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाउनु भएको हो । त्यसपछि पार्टीका सबै सांसदहरू उठेर विरोध गरेका हुन् ।