Breaking

गम्भीर संकटमा पूर्वराजा : कमाण्डर दुर्गा प्रसाईँ बेपत्ता, प्रहरीको बिगसर्च, अझै आक्रामक राजावादी (भिडियो)


काठमाडौं । सिंघम शैलीमा तीनकूने पसेर तहसनहस पार्दै सुईकुच्चा ठोकेका राजावादीका ‘जन कमान्डर’ दुर्गा प्रसाईँ अझै फरार छन् ।

मेडिकल माफियाबाट एकतह बढुवा भएर महाअभियान्ताबन्दै गरेका प्रसाईँ नेतृत्वको राजावादी समूहले काठमाडौंको तीनकुनेमाशुक्रबार दुईजनाको ज्यानलिने र नीजि सम्पत्तीमा तोडफोड तथा आगजनीगर्ने गरि हिंसा मच्चाएपछि कमाण्डर नै कट्टु समातेर भाग्ने अवस्था आएकोे हो । गृहमन्त्रालयले सम्पूर्ण घटनाको मूख्यकारक प्रसाईँलाई मानेको छ।

यद्यपी प्रदर्शको पूर्वसंध्यामा दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा भेटेपछि तीनकुनेमा उत्पात मच्चाएकाले घट्नाको नेक्सेस निर्मल निवास सम्महुन सक्ने कोणबाट पनि विश्लेष्ण सुरु भएको छ।

शुक्रबारको प्रर्दशनमा भीडमा मान्छे उक्साएर घरको सटर भित्र छिरेर मुन्टो लुकाएका प्रसाईँ त्यहीबाट गाडी चढेर फरार छन् । तीनकुनेको तवाहीले दुर्गा प्रसाईको भाग्ने अवस्था सिर्जनाहुँदा राजावादी समूहमा पनि फ्याक्सन देखिएको छ। राजावादीहरुको सक्रिया आन्दोलनमा समर्थन जनाएको राप्रपाले तीनकुने हिंसात्मक घटनाको अपनत्व नउठाएपछि पार्टीभित्रै फुटको अवस्था आएको हो ।

राप्रपामा अहिले अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितको समूहदुर्गा प्रसाईँको कुकर्मको भागिदार आफुहरु नहुने पक्षमा छन् ।

बाँकि सामाग्री भिडियो सहित